कास्कीको माछापुच्छ्र्रे आधारभुत बिद्यालयमा मगर भाषा पढाई शुभारम्भ

माछापुच्छ्र्रे गाउँपालिका वडा न. ५ रिभान मोहरामा अवस्थित माछापुच्छ्र्रे आधारभुत बिद्यालयमा मगर भाषाको पढाई शुक्रबारदेखि शुरु भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गण्डकी प्रदेशका सांसद रामजी बराल (जिवन) ले संबिधानले दिएको मौलिक हक प्रयोग भएको बताउनुभयो ।

उहाँका अनुसार माछापुच्छ्र्रे आधारभुत बिद्यालय मातृभाषाको पढाई सुरु गर्ने कास्की जिल्लाकै पहिलो विद्यालय हो । उहाँले मातृ भाषा अध्ययन गराउने पहिलो विद्यालयमा उपस्थित हुन पाएको खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा बिशेष अतिथि माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले मातृ भाषामा पढन पाउने मौलिक अधिकार भएको उल्लेख गर्नुभयो । उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थी मध्ये ९६ प्रतिशत मगर समुदायका रहेका छन् । कार्यक्रममा वडा नं. ५ का अध्यक्ष जमुन ब. गुरुङ र गौरिसंकर मनिलाल मा.बि का प्र.अ रक्षबहादुर क्षेत्री लगाएतले आफनो भनाइ राख्नुभएको थियो ।

Facebook Comments