कृषि प्रदर्शनी तथा कृषक मेलाको आवश्यक सम्पूर्ण तयारी पूरा

चितवनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा हुन लागेको आयोजित कृषि प्रदर्शनी तथा कृषक मेलाको आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । विश्व विद्यालय स्थापनाको १० औँ वर्ष प्रवेशका अवसर पारेर शनिबारदेखि चार दिनसम्म विश्वविद्यालयको रामपुरस्थित कृषि सङ्कायको परिसरमा मेल ागर्न लागिएको हो ।

मेलामा कृषिसँग सम्बन्धित ५० वटा स्टल रहने मेला सचिवालयका संयोजक प्रा डा अर्जुन श्रेष्ठले जानकारी दिनुभयो । ती स्टलहरुमा कृषि यान्त्रिकीकरण र कृषि पदार्थ, बीउबिजनको उत्पादक र बिक्रेता, कृषिमा सम्बन्धित बीमा कम्पनी र बैंक, कृषिको सूचना प्रविधि, कृषिसँग सम्बन्धित सरकारी र गैरसरकारी संस्था, नर्सरी र व्यावसायिक तरकारी बिक्रेताको सहभागिता रहने बताइएको छ ।

मेलामा हरेक दिन चितवन र आसपासका क्षेत्रमा व्यावसायिक तरकारी र फलफूल खेतीमा देखापरेका समस्याका बारेमा अन्तरक्रिया गर्ने आयोजकको तयारी छ । सो अवसरमा कृषि वैज्ञानिकहरुसँग कृषकले प्रत्यक्ष रुपमा भेटेर आफ्नो समस्या राख्न सक्ने बताइएको छ । मेलालाई आगामि बर्षमा पनि निरन्तरता दिने तयारी छ ।

Facebook Comments