लत्ता कपडा र खाजाका सामाग्री वितरण

आफ्नो विवाहको २५ औं वर्षगाँठका अवसरमा पोखरा ३३ मा रहेको सरस्वती टिका मा.वि.का २४ जना अपाँङग विद्यार्थीहरुलाई सहयोग गरिएको छ । पोखरा २६ निवासी याम रोका तथा उहाँकी श्रीमती इन्दिरा रोकाले वौद्धीक अपाँङ्ग रहेका २४ जना आवासीय विद्यार्थीहरुलाई उक्त विद्यालयमा एक कार्यक्रमका विच सहयोग प्रदान गर्नुभएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री ऋषि आचार्य, सदस्य लाल पराजुली विद्यालयका प्रधानध्यापक तथा सहायक प्रधानध्यापकको उपस्थितीमा गर्मी याममा प्रयोग हुने २४ थान लत्ता कपडा तथा खाजाका सामाग्री वितरण गरिएको छ ।

यस प्रकारको सहयोग गर्न पाएकोमा आत्माबाट नै सन्तुष्टि मिल्यको सहयोगि रोका दम्पतीले जनाएका छन् । उक्त पूरित कार्यबाट अपाँङग विद्यार्थीलाई खुसी तथा प्रोत्साहन प्रदान भएको विद्यालय परीवार ले जनाएको तथा विद्यार्थीहरुबाट कृतज्ञता व्यक्त गरिएको बताईएको छ ।

Facebook Comments