पतिको स्मृति तिथिमा वेद विद्याश्रममा अक्षयकोष

पोखरा–९, बाँस्तोला थर निवासी दुर्गादेवी पौडेलले आफ्ना पतिको स्मृति तिथिको अवसरमा पोखरा चिसाखोला वेद विद्याश्रम पोखरा–१८, चिसाखोला आश्रम, कास्कीमा एक कार्यक्रमका बिच हाल रु. १ लाख ५ हजार ५ सय ५५ को अक्षयकोष स्थापना गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै दाता एवं विद्याश्रम कार्य समिति सदस्य दुर्गादेवी पौडेलले पतिको धार्मिक रुचि र विद्याश्रम प्रतिको सद्भावको स्मरण गराउँदै अक्षयकोषको मूलधनबाट आर्जित व्याजद्वारा विद्याश्रम संचालनमा सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो ।

विद्याश्रमका मानार्थ आजीवन संरक्षक डा. त्रिभूवन शर्मा बरालले विद्याश्रमले ज्ञान र विज्ञानलाई विश्वमा चिनाउने कार्य गरेकोमा विद्याश्रम परिवारलाई धन्यवाद दिँदै दाताहरुलाई बधाई समेत दिनुभयो । दाता परिवार अन्तर्गत समाजसेवी बावुराम अधिकारीले वैदिक संस्कार संरक्षणमा आफ्ना ससुरा वुवाको परिकल्पना अनुसार विद्याश्रमले कार्य गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

कालदेखिका सक्रिय सहयोगी, वैदिक सनातन धर्मका संवर्तक तथा शिक्षासेवी रहेको स्मरण गराउँदै वैदिक धर्म संरक्षणमा सबै लाग्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा उपाध्यक्ष दुर्गाप्रसाद अधिकारी, प्रअ श्रीराम तिमिल्सिना लगायतले मन्तव्य राख्नु भएको थियो ।

विद्याश्रममा आयोजित उक्त कार्यक्रममा संरक्षक अग्निहोत्री पं. केदारनाथ उपाध्यायले आशिर्वाद, विद्यार्थी वटुकहरुले वैदिक स्वस्तिवाचन तथा कार्य समिति अध्यक्ष भगवती अधिकारीलाई दाता दुर्गादेवी अधिकारीले अक्षयकोष रकम हस्तान्तरण गर्नुभएको थियो ।

Facebook Comments