प्रधानमन्त्री ओली केबलकारमा अड्किएपछि

फ्रान्सको सामोनी क्षेत्र घुम्न गएका बेला प्रधानमन्त्री केपी शर्मा ओली सहितको टोली झण्डै एक घण्टा केबलकारमा अड्कनुपरेको छ ।

युरोपको सबैभन्दा अग्लो हिमाल मो ब्लँ (४८१० मिटर) हेर्न र त्यहाँको स्की तथा उच्च हिमाली क्षेत्रको पर्वतारोहणको तालिम दिने इन्स्टिच्युटको अवलोकन गर्न जाने क्रममा प्रधानमन्त्री सहितको टोली केबलकारमा नै अड्कनुपरेको हो ।

फ्रान्सेली स्थानीय पत्रिका ल दोफिनका अनुसार २५०० मिटरको उचाइमा पुगेपछि केबलकार प्राविधिक कारणले अड्किएको थियो । खराब मौसमका कारण केवलकार बन्द गर्नुपर्ने संकेत प्राविधिकहरुले दिएपछि प्रधानमन्त्रीको टोलीले त्यँही छलफल गरेर समय कटाएको थियो ।

Facebook Comments