युवती गुडिरहेको बसबाट हाम्फालेपछि

२ दिन अघि नारायणगढस्थित नारायणीपुलबाट एक युवती हाम्फालेकामा शनिबार पुन एक युवती बसबाट हाम्फालेकी छन् । पूर्वी चितवनको भण्डारावाट नारायणगढ तर्फ आउँदै गरेको यात्रुवाहक वसवाट एक महिला हामफालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दिउँसोको समयमा भण्डारावाट लायन्सचोक आउँदै गरेको लु १ ख ६९९१ नम्वरको वसवाट अन्दाजी २५ वर्षीय युवती चौविसकोठीमा हाम्फालेको बताइएको छ ।

वसवाट हाम्फालेकी युवतीको नाम थर ठेगाना खुल्न सकेको छैन । वसवाट हाम्फालेकी युवतीको गम्भीर अवस्थामा पुरानो मेडीकल कलेजमा उपचार भईरहेको पनि प्रहरीले जनाएको छ ।

Facebook Comments