लमजुङको गिलुङमा उदघोषण तालिम सम्पन्न

गिलुङ समाज पोखराको आयोजनामा लमजुङको पर्यटकीय गाउँ गिलुङमा त्रि—दिवसीय उदघोषण तालिम सम्पन्न भएको छ ।विहिवार बाट शुरु भएको तालिम शनिबार सम्पन्न भएको हो । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि क्ब्होंलासोथर गाउँपालिका वडानं ९का वडाध्यक्ष नन्दजङ गुरुङले तालिम सहभागिहरुलाई सिकेको सिपलाई ब्यबवहारमा उर्तान आग्रह गर्नुभयो । वडाध्यक्ष गुरुङले आगामी दिनमा वडाले आर्थिक सहयोग गरेर गिलुङ समाज पोखराको सहकार्यमा कार्यक्रम गर्ने प्रतिबद्धत्ता जनाउनु भयो ।

गिलुङ समाज पोखराका अध्यक्ष दुधमान गुरुङ )आशिष)ले स्थानीयको माग अनुसार गिलुङ समाज पोखराले साथीहरुको आर्थिक सहयोगमा कार्यक्रम गर्न सफल भएको भन्दै कार्यक्रम सफल बनाउन रुद्ध वहादुर घले ,डम्वरसिङ गुरुङ,अमृतप्रसाद लालचन,सुरेश बहादुर श्रेष्ठ ,मदन प्रसाद द्धा र चित्रकुमार गुरुङले सहयोग गरेको बताउनु भयो । उहाँले तिन दिनमा सहभागीहरुको सिकाईबाट आफु उत्साहित भएको भन्दै आगामी दिनमा पनि तालिमको आयोजना गर्ने बताउनु भयो । समाजका उपाध्यक्ष सुवेदार मेजर हनेरी क्याप्टेन कुशप्रसाद गुरुङले सफल प्रशिक्षकबाट थोरै समयमा पनि सहभागीहरुले धेरै ज्ञान प्राप्त गर्न सक्छन् भन्ने उदाहरण गिलुङमा प्राप्त भएको बताउनु भयो । तालिममा सहभागीहरुमा सिक्ने इच्छा देखेर खुशीलागेको बताउनु भयो । तालिम प्रभावकारी भएको भन्दै उहाँले अबसर आउदा अगाडि बढ्नको लागि सहभागीहरुलाई हौषला प्रदान गर्नुभयो ।


पत्रकार एवं तालिमका प्रशिक्षक घनश्याम पाण्डेयले तालिम सफल हुनुेको श्रेय सहभागीहरुनै भएको भन्दै सहभागीहरु भित्र रहेको कलालाई तालिममले बाहिर मात्रै ल्याउने काम गरेको बताउनु भयो । छोटो समयमा सहभागीहरुले गरेको प्रगतिबाट आफुपनि निकै सन्तुष्ट भएको पाण्डेयको भनाई थियो । ३५ जना सहभागीहरुनै उत्कृष्ट भएकोमा उत्कृष्टबाट ३ जना सर्बोत्ृकष्ट छनोट गर्दा सहभागीहरु पुष्पा गुरुङ, हुमराज गुरुङ र उर्मिला गुरुङ पुरस्कृत हुनु भएको थियो ।
समापन कार्यक्रममा सहभागिताको मन्तब्य राख्दै पुष्पा गुरुङ र उर्मिला गुरुङले पहिलो दिनमा माइक समेत समातेर आफ्नो परिचष् भन्न नसक्नेहरु अन्तिम दिनमा आइपुग्दा प्रखर बत्तानै बनेको देख्दा आफुहरुनै अच्चम परेको बताउनु भयो । कुशल प्रशिक्षकको कारण तालिम सोचे भन्दा धेरै राम्रो भएको बताउनु भयो । उहाँहरुले वडालेपनि स्थानीयको क्षमता अभिबृद्धि गर्नको लागि यस्ता तालिमको आयोजना गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
सहभागीहरुलाई वडाध्यक्ष नन्दजङ गुरुङ, समाजका अध्यक्ष आशिष गुरुङ उपाध्क्ष कुश प्रसाद गुरुङले प्रमाण पत्रवितरण गर्नुभएको थियो ।
आयोजक र सहभागीहरुले प्रशिक्षक पाण्डेयलाई ढाका टोपी , खादा माला र भाङग्रा लगाएर सम्मान समेत गरेका थिए । बुद्धोदय मावि गिलुङका विद्यालय ब्यस्थापन समितिका अध्यक्ष शोभा गुरुङ लगायतले बोल्नुभएको कार्यक्रमको सञ्चालन तालिममा सहभागी हुमराज गुरुङले गर्नुभएको थियो भने कार्यक्रम गिलुङ समाज पोखराका अध्यक्ष दुधमान गुरुङ (आशिष)को अध्यक्षतामा भएको थियो ।

Facebook Comments