सरकारले गुठी विधेयक सच्याउँछः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको मन दुखाउन नचाहेको भन्दै गुठी विधेयकमा केही गल्ती भए सच्याउने बताउनुभएको छ ।

साताव्यापी युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रि«य विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै साँस्कृतिक, ऐतिहासिक धरोहर, परम्परा, रितिस्थितिमाथि जानेर र नजानेर घच्चा लागेको भए सरकारले विधेयक सच्याृने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्ती ओलील भन्नुभयो, ‘म आइसक्या छु सबै कुरा हेरेर सांस्कृतिक र ऐतिहासिक धरोहर, परम्परतामा कुनै कुराले कहीँ पनि जानेर र नजानेर घच्चा लागेको रहेछ भने सरकारले सच्याउँछ, ढुक्क हुनुस ।’

विधेयकमा विरोधको मौका नछोप्न प्रतिपक्षी नेपाली काँग्रेसलाइ प्रधानमन्त्रीको आग्रह थियो । उहाँले सरकारले जनताका हितमा काम गर्ने बताउनुभयो । गुठीका नाममा गरिब जनतालाई उत्पीडनमा पारिएको प्रधानमन्त्रीको भनाई थियो ।

Facebook Comments