हङकङ सुपुर्दगीसम्बन्धी एउटा प्रस्तावित कानुनकाे विराेधमा प्रदर्शन जारी

हङकङमा सुपुर्दगीसम्बन्धी एउटा प्रस्तावित कानुनको विरोधमा भएको विशाल प्रदर्शन भएकाे छ । प्रदर्शनकारीका अनुसार २० लाख नागरिक उक्त विराेध कार्यक्रममा सहभागी भएका थिए । यसअघिका प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीवीच झडप भएपनि शनिबारकाे प्रदर्शन तुलनात्मक रूपमा शान्तिपूर्ण रहेकाे बताइएकाे छ ।

उक्त प्रदर्शनमा लाखौं नागरिक सहभागी भएको बिबिसीले उल्लेख गरेको छ । प्रस्तावित कानुनले चीनलाई हङकङस्थित आफ्ना राजनीतिक विपक्षीलाई निशाना बनाउन सहयोग र्पुयाउने आशंका रहेको छ ।

चिनियाँ सञ्चारमाध्यममा हङकङको प्रदर्शनमा विदेशी शक्तिको हात रहेको उल्लेख गरिएकाे छ । चिनीयाँ सरकारी सञ्चारमाध्यमले विदेशी शक्तिहरूले चीनलाई ‘चोट र्पुयाउन’ हङकङमा विध्वंश निम्त्याउन खोजेको उल्लेख गरेका छन् ।

सेतो पोसाकमा देखिएका सहभागीहरूले चर्को गर्मीमा पनि आइतवार कैयौँ घण्टा प्रदर्शन गरेका थिए । प्रदर्शनमा ठूलो सङ्ख्यामा व्यवसायीका साथै कानुनका विद्यार्थी, धार्मिक समूह र प्रजातन्त्र पक्षधर व्यक्तिहरू सहभागी प्रदर्शन मुख्य रूपमा शान्तिपूर्ण थियो । प्रदर्शनकारीहरूले विरोध र्यालीमा २० लाख मानिस सहभागी भएको बताएपनि प्रहरीले बढीमा ४ लाख जति सहभागी रहेको बताएको छ ।

एजेन्सीकाे सहयाेगमा

Facebook Comments