साेमालियमा प्रहरीलाइ लक्षित गरी विस्फाेट

सोमालियामा अज्ञात समूहले गराएकाे विस्फाेटमा परी आठ प्रहरीको मृत्यु भएको छ । प्रहरी चढेको गाडीलाई लक्षित गरी गराइएको विस्फाेटमा ८ प्रहरीकाे मृत्यु भएकाे हाे ।

सोमालियाको वाजिर काउन्टीमा सीमा गस्तीमा रहेको प्रहरीको गाडीलाई लक्षित गरी बिस्फोट गराइएको हो । गाडीमा ११ जना प्रहरी सवार रहेकोमा तीन जना भने सख्त घाइते भएका बताइएकाे छ ।

घटनाको जिम्मेवारी कसैले लिएको छैन । यद्यपि, सरकारले भने सोमालियाको आतंकवादी समूह अल सबावले बिस्फोट गराएको हुन सक्ने आशंका गरेको छ ।

अल कायदासँग सम्बन्धित सो समूहले सोमालियामा विगत केही वर्षदेखि सरकारविरुद्ध हमला गर्दै आएको छ । एजेन्सीकाे सहयाेगमा

Facebook Comments