नासाको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पर्यटक जान पाउने

अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पर्यटक समेत जान पाउने भएका छन् । आगामी वर्षबाट पर्यटकहरु शुल्क तिरेर अन्तरिक्ष स्टेसनमा जान पाउने भएका हुन् ।

नासका अनुसार स्पेस स्टेसनलाई पर्यटन तथा अन्य व्यापारिक प्रयोजनका लागि प्रयोग गरिँदैछ । पर्यटकका लागि १ रात विताउन ३५ हजार डलर शुल्क तोकिएको छ ।

नासाका अनुसार प्राइभेट अन्तरीक्षयात्रीहरुलाई अन्तराष्ट्रिय स्पेस स्टेसनसम्म जानका लागि ३० दिनसम्मको समय लाग्नेछ । अमेरिकाको अन्तरीक्षयानबाट उनीहरुले यात्रा गर्नेछन् ।

यो स्पेस स्टेसन एकखालको कृत्रिम उपग्रह हो, जहाँ वैज्ञानिकहरुले अनुसन्धान र विभिन्न परिक्षण लगायतका काम गर्दछन् ।

नासाले दुई कम्पनीलाई यस कामका लागि नियुक्त गरेको छ । इलोन मस्कको स्पेस एक्स र बोइंग कम्पनी यसमा छनोट भएका छन् ।

स्पेस एक्सले आफ्नो ड्रागन क्याप्सुलको प्रयोग गर्नेछन् भने बोइंगले स्टारलाइनर नामको अन्तरीक्षयानको प्रयोग गर्नेछ । बोइंगले यो यान बनाउँदैछ ।

सन् १९९८ मा अन्तरिक्ष स्टेसन बनाउन सुरु भएको थियो । अमेरिका र रुस मिलेर यो स्टेसन निर्माण गरेका थिए । सन् २००१ म अमेरिकी व्यवसायी डेनिस टिटो २ करोड डलर तिरेर स्पेस स्टेसनमा पुग्ने पहिलो पर्यटक बनेका थिए ।
एजेन्सीको सहयोगमा

Facebook Comments