असार १५ मा रोपाई महोत्सव हुने

पोखरा २४ पामेमा असारे रोपाई महोत्सव हुने भएको छ । अघिल्लो वर्ष पोखरा पर्यटन परिषद् सगँ मिलेर रोपाई महोत्सव गरेको ट्रेल रेस रनिङ्ग क्लब र फेवा क्लबको संयुक्त आयोजनामा यस वर्ष पनि आयोजनामा रोपाई महोत्सव गर्न लागेको हो ।

रोपाई सबैका लागि भन्ने नाराका साथ असार १५ गते रोपाई महोत्सवको आयोजना गरेको फेवा क्लबका अध्यक्ष दिपक पुरीले जानकारी दिनुभयाे।

पोखरा २४ पामे स्थित देबी पुरी, गंगा गिरी र नबराज पराजुलीको करिब ६ रोपनी जग्गामा रोपाई महोत्सव गर्न लागेको पुरीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार महोत्सवमा स्वदेशी र विदेशीले सहभागीता जनाउने बताउनुभयाे। कृषि पर्यटन र कृषिमा बढावा दिने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएकाे पुरीकाे भनाइ छ ।

कार्यक्रममा हल गोरु दौड, असारे गीत प्रतियोगिता, माछा समात्ने प्रतियोगिता, हिलोमा दौड प्रतियोगिता, रस्सा कसी प्रतियोगिता, हिलोमा भलिबल प्रतियोगिता समावेश गरिएकाे छ ।

पामे पोखराको हल्लनचोक देखि ७ किलोमिटर दुरीमा पर्दछ । सोही सडकमा सडक दौड प्रतियोगिता समेत हुने उनले बताए ।

Facebook Comments