गुठी विधेयककाे विराेधमा पोखरामा र्याली

विभिन्न संघ संस्थाकाे अगुवाइमा पाेखरामा सरकारले ल्याएको गुठी विधेयककाे विरोधमा र्यालीका साथै ज्ञापनपत्र पेश गरिएकाे छ ।

विभिन्न संस्था र जातीहरुले गुठी विधेकको विरोध गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ग्यापन पत्र पठाइएकाे हाे ।

पोखराको चिप्लेढुँगाबाट शुरु भएको विरोध जुलुस न्युरोड, सभागृह, सृर्जनचोक, रत्नचोक हुदै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाइएकाे हाे ।

प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढालाई विश्वशंकर पालिखेले ज्ञापन पत्र पेश गर्नुभयाे । सरकारले गुठीसम्बन्धी बिधेयक ल्याएपछि देशका विभिन्न ठाउँमा बिरोधमा कार्यक्रमहरु हुदै आएका छन् ।

गुठी सम्बन्धी बिधेयक ल्याएर सरकारले परम्परागत संस्कृतिलाई मेटाउने काम भइरहेको भन्दै प्रर्दशनकारीहरुले गुठी विधेयक खारेज गर्न माग गरेका छन् । यसैवीच प्रधानमन्त्रीले गुठी विधेयकलाइ परिमार्जन गर्न निर्देशन दिनुभएकाे छ ।

Facebook Comments