पर्यटन प्रवद्र्धन गर्न पोखराका महिला पर्यटन ब्यवसायी (वोटेफ)को टोली चीन प्रस्थान

पोखरामा क्रियाशिल महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)को टोली पोखराको पर्यटन प्रवद्र्धन गर्न मंगलबार चीन भ्रमणमा निस्केको छ । भ्रमण टोलीलाई आज एक कार्यक्रम गरी विदाई गरिएको छ ।

सफल यात्राको कामना गर्दे नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले भ्रमण फलदायी हुने विश्वास ब्यक्त गर्नुभयो । पहिलो पटक पर्यटन ब्यबसायीहरु छिमेकी देश चीनको भम्रमणमा निस्केको बताउदै लामिछानेले नेपाल सरकार र पर्यटन बोर्डले गर्ने कार्य महिला पर्यटन ब्यबसायीले गरेको भन्दै खुशी ब्यक्त गर्नुभयो । अब देशकै महिला पर्यटन ब्यबसायीको नेतृत्वको पोखराले गर्न सक्ने बताउनु भयो । उहाँले चीनीया भाषामा लेखिएको पोखराको प्रवद्र्धनका लागि विभिन्न प्रवद्र्धनात्मक सामग्री महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)का अध्यक्ष जमुना पराजुलीलाई हस्तान्तरण गर्नुभयो ।

गण्डकी प्रदेश भ्रमण वर्षका संयोजक एवं रेडियो गण्डकी पोखरा अध्यक्ष अग्नि कंडेलले भ्रमण मात्रै नभएर सिकाई पनि भएकोले त्यहाँका सकारात्मक कुरालाई पोखराको पर्यटन क्षेत्रमा जोडनु पर्ने बताउनु भयो ।त्यहाँ रहेका विभिन्न व्यावसायिक संघ संस्थासँग सहकार्य गर्न आग्रह गर्नु भयो । आन्तरिक भ्रमण वर्ष २०१९ र पर्यटन बर्ष २०२० लाई सफल बनाउन सबै लाग्नुपर्ने कडेलले बताउनु भयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेलले वोटेफले पर्यटन प्रवद्र्धनका क्षेत्रमा पु¥याएको योगदानको प्रसंशा गर्दे चाइनिज पर्यटक पोखरा भित्राउन पोखरेलीहरु लाग्नुपर्ने बताउनु भयो ।
महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)का अध्यक्ष जमुना पराजुलीले पर्यटन प्रवद्र्धनको उद्देश्यले चीन भ्रमणमामा निस्केको बताउनु भयो । नेपाल आउने चिनिया पर्यटकको संख्या बढाउने आफूहरुको उद्देश्य रहेको पराजुलीको भनाई थियो । भ्रमणमा निस्केको १९ सदस्यटोलीले १० दिन सम्म चीनका प्रमुख शहरहरु बेइजिङ, साङ्घाई, गन्जाओ लगायतका शहरको भ्रमण गर्ने बताइएको छ । आज पोखरामा भएको कार्यक्रममा वोटेफका सल्लाहकार देवका पहारी , कार्यक्रम संयोजक सुशीला सिग्देल लगायतले बोल्नु भएको कार्यक्रमको सञ्चालन सचिव उमा भण्डारीले गर्नुभएको थियो ।

Facebook Comments