गुठी विधेयक फिर्ता लिने भूमिव्यवस्थामन्त्री पद्मा अर्यालको घोषणा

विपक्षी दल नेपाली काँग्रेस, सत्तारुढ दलकै नेता तथा सांसदहरुको विरोधपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले मंगलबार पत्रकार सम्मेलन गरेर गुठी विधेयक फिर्ता लिने जानकारी गराउनुभएको हो ।

विधेयक राष्ट्रियसभामा दर्ता भइ प्रक्रियामा रहेको थियो । विधेयकले धर्म र संस्कृतिमाथि प्रहार गरेको भन्दै सरोकारवाला संस्थाहरुले विरोध प्रदर्शन गर्दै आएका थिए ।

विधेयकलाई लिएर भ्रम सिजर्ना गर्ने र वातावरण विथोल्ने कोशिस भएकाले सरोकारवाला पक्षसँग आवश्यक परामर्श र छलफल गरी अगाडि बढाउने मन्त्री अर्यालको भनाई छ ।

प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा गुठी विधेयक फिर्ता भएको कुरा सञ्चारमाध्यमबाट थापा पाएको भन्दै विधेयक फिर्ता गर्ने निर्णयको समर्थन गर्नुभयो ।

प्रधानमन्त्रीले लोकतन्त्र विरोधी शक्ति घुसेर लोकतन्त्रकै जरा काट्न कैची चलाएका कारण विधेयक फिर्ता लिनुपरेको प्रष्टीकरण दिनुभयो ।

सम्पदा, धरोहर, संस्कृतिको सरक्षण होस् भन्ने चाहनाअनुसार विधेयक आएको प्रधानमन्त्रीको भनाई थियो ।

Facebook Comments