कृषि प्रदर्शनी तथा कृषक मेला सम्पन्न

कृषि तथा वन विज्ञान विश्वविद्यालयले आयोजना गरेको कृषि प्रदर्शनी तथा कृषक मेला सकिएको छ । मेलाको प्रदेश नम्बर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले समापन गर्नुभयो ।

सो समारोहमा बोल्दै मन्त्री लामाले विश्वविद्यालयको शिक्षा किसानसम्म पुग्न नसकेको बताउनुभयो । उहाँले किसानले लाभ लिने र उत्पादन र उत्पादकत्व बढाउन विश्वविद्यालयले उत्पादन गरेको जनशक्ती प्रयोग हुनुपर्ने बताउनुभयो ।

नेपाल कृषि प्रधान देश भएपनि युवाहरु कृषिमा आर्कषित हुन नसकेको उहाँको भनाई थियो । मन्त्री लामाले विदेशमा अध्ययन गरेका र सिप सिकेका नेपालीलाई नेपालमै फर्केर काम गर्ने बातावरण बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

व्यवसायिक र आधुनिक कृषिमा आधारित अर्थतन्त्र र उद्योगबाट मात्रै आर्थिक समृद्धिको नयाँ युग सम्भव हुने उहाँले बताउनुभयो ।

विश्व विद्यालय स्थापनाको १० औँ वर्ष प्रवेशका अवसर पारेर शनिबारदेखि चार दिनसम्म विश्वविद्यालयको रामपुरस्थित कृषि सङ्कायको परिसरमा मेला आयोजना गरेको हो । हरेक बर्ष कृषि मेला आयोजना गर्ने विश्वविद्यालयको तयारी छ ।

मेलामा पाँच हजार बढि किसानले अबलोकन गरेको मेला सचिवालयका संयोजक प्रा डा अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।

Facebook Comments