रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई सहयोग हस्तान्तरण

रामबजार जेष्ठ नागरिक मिलन केन्द्रमा एक कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण र सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बेलायतबाट आउनु भएका रामबजार निवासी राजकाजी गुरुङको हातबाट जेष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण गर्नुको साथै संस्थालाई ७ हजार आठसय बराबरको ग्याँस चुलो र सिलिण्डर सहयोग हस्तान्तण गर्नुभएको थियो ।

सोही अवसरमा हङकङबाट आउनु भएका प्रविन्द्र गुरुङले ११८०० बराबरको हजार लिटर क्षमताको पानी ट्यांकी, रामबजारमा रहेको एलकेजी रेष्टुरेण्टका प्रोप्राइटर काजी गुरुङबाट स्व.आमा लक्ष्मी कुमारी गुरुङको स्मृतिमा ५ जार मिनरल वाटर, एकथान डिस्पेन्सर र एक बर्षको लागि चाहिने पानीको जिम्मा लिनुभएको थियो ।

सोही अवसरमा बद्रीनारायण राजभण्डारीबाट ५ हजार प्रदान गर्नुको साथै वडा नं. १० बाट निशुल्क बिमा पनि संस्थाको उपाध्यक्ष माया भुजेलको पहलमा सम्पन्न गरिएको थियो । संस्थाका अध्यक्ष थमन थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष भुपेन्द्र कुँवरले दाताहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

Facebook Comments