पोउवा संघले आउँदो पुसको तेस्रो साता राष्ट्रिय औद्योगिक व्यापार मेला गर्ने

पोखरा उद्योग वाणिज्य संघले यबर्ष पनि आगामि पुस १८ गतेदेखि २८ गतेसम्म पोखराको नयाँबजारमा नयाँ संस्करणको मेला गर्ने भएको छ । संघले अब पुरानै नाम अर्थात राष्ट्रिय औद्योगिक व्यापार मेला’ को ब्राण्ड प्रयोग गरी मेला आयोजना गर्नेछ ।

पोखरा उद्योग वाणिज्य संघले गएको मंसिरमा आयोजना भएको ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला,२०७५’ को आय व्यय विवरण सार्वजनिक गर्ने क्रममा संघका अध्यक्ष दामु अधिकारीले यस्तो जानकारी दिनुभएको हो ।

उहाँका अनुसार गत वर्ष नयाँ प्रयोग गरिए पनि आम पोखरेलीहरुको मुखमा झुण्डिँदै आएको पुरानो नामबाटै मेला गर्न सुझाव आएकोले सोही अनुरुप गर्न लागिएको उहाँको भनाई छ ।

यसैवीच पोखरा उद्योग वाणिज्य संघले गएको मंसिरमा आयोजना भएको ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला,२०७५’ बाट ३ लाख ८७ हजार २ सय २ रुपैयाँ बचत गरेको जनाएको छ ।

मेलाको हिसाब किताब सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष दामु अधिकारीले मेलामा ९२ लाख ४३ हजार ६ सय ७० रुपैयाँ आम्दानी भएकोमा विभिन्न शीर्षकमा गरी ८८ लाख ५६ हजार ४ सय ६७ रुपैयाँ खर्च हुँदा सो रकम बचेको जानकारी दिनुभयो ।

मेला सफल भएको दावी गर्दै अध्यक्ष अधिकारीले बचेको रकम सामाजिक काममा लगाइने बताउनुभयो । ‘मेला र महोत्सवमार्फत अर्थतन्त्र चलायमान बनाउन एवं उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सृजना गर्नु हाम्रो मूख्य लक्ष थियो’, उहाँले भन्नुभयो, ‘ हामी हाम्रो उदेश्यमा सफल भएका छौँ र मेलालाई अझ परिष्कृत गर्दै अगाडि बढ्ने लक्ष्य लिएका छौँ ।’

लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने नाराको साथ आयोजना गरिएको मेलाबाट पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउनु तथा गण्डकी प्रदेश र पोखराको ब्यवसाय बिस्तारको संभावनाको खोजी एवं गण्डकी प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यमा केन्द्रित थियो ।

Facebook Comments