कर्मचारी समेत सरकारलाई कमजोर बनाउन अग्रसरः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई कमजोर बनाउनतिर कर्मचारी स्वयं लागेको बताउनुभएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा सरकारी निकाय नै उद्दत रहेको जिकीर गर्नुभयो ।

उहाँले विपक्षी राजनीतिक पार्टीबाट विरोध भएपनि सरकारी निकाय र कर्मचारी लगायतबाट नै कमजोर बनाउने जानकारी भएको बताउनुभयो ।

मेलम्ची खानेपानी आयोजनामा सचिवले आफूलाई समेत धोका दिएको प्रधानमन्त्रीको भनाई थियो । मेलम्ची आयोजनाका कारण सरकार नै अलोकप्रिय बनेको गुनासो गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ’असहयोगको वातावरण बनेको छ । खुलेआम सरकारलाई बदनाम गर्ने राजनीतिक तबाट पहिलेदेखि नै खेल हुँदै आएको कुरा हो, तर पछिल्लो समय सरकारी नियकाबाटै भएको छ । यसमा हामी सजग हुनु जरुरी छ । सजग हुने भनेको कसैले भन्ने ठाउँ नपाउनेगरी काम गर्ने हो । माननीय मन्त्रीहरुले यसमा ध्यान दिनुपर्यो ।’

मेलम्ची आयोजनाको सन्दर्भमा आफूलाई तत्कालिन खानेपानी सचिवले पटकपटक ढाँटेको उल्लेख गर्नुभयो ।

बैठकलाई सम्बोधन गर्ने क्रममा प्राथमिकता प्राप्त भनिएका आयोजनालाई कसरी छिटो र गुणस्तरी बनाउने भन्ने सम्बन्धमा सरकारी निकायले अदालतको आदेश कुरेर नबस्न प्रधानमन्त्रीको निर्देशन थियो । सरकारको उद्देश्य मुद्दा लड्ने र जित्ने भन्दा पनि आयोजना सम्पन्न गर्नु रहेको प्रधानमन्त्रीको भनाई छ ।

Facebook Comments