गुठी विधेयकमा विरोध जारीः संघर्ष समिति

गुठी विधेयकको विरोधमा आन्दोलन गर्न गठित संघर्ष समितिले आन्दोलन जारी रहेको जनाएको छ । आगामी रणनीति तय गर्न आज बिहीबार सरोकारवालासँग छलफल गर्दैछ ।

बुधबार माइतीघरको विशाल प्रदर्शन गरेको संघर्ष समितिले सत्यमोहन जोशी, केदारभक्त माथेमा, शंकर लिम्बू, गोविन्द टन्डन लगायत संस्कृतिविद् तथा कानुनविद्हरूसँग परामर्श गर्ने जनाएको छ ।

विहीबार सरोकारवाला तथा विज्ञहरुसँगको छलफलपछि आन्दोलनको आगामी कार्यक्रम तय गर्ने समितिका संयोजक गणपतिलाल श्रेष्ठले जानकारी दिनुभयो ।

समितिले ३ जना मन्त्री सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकूल बास्कोटा, भूमिव्यवस्था मन्त्री पद्मा अर्याल र गृहमन्त्री रामबहादुर थापाको राजीनामा मागेको छ ।

संस्कृति जोगाउन सडकमा आएका जनतामाथि बाँस्कोटाले सामन्ती भनी टिप्पणी गरेको, गृहमन्त्रीले प्रहरी लगाएर दमन गरेको र अर्यालले विना परामर्श विधेयक दर्ता गरेकाले ती मन्त्रीहरुको राजीनमा मागिएको विज्ञप्तिमा उल्लेख छ ।

बुधबारको आन्दोलनमा हजारौं उपत्यकावासी सहभागी भएका थिए ।

Facebook Comments