पोखराको रत्नमन्दिर र हिमा गृह सर्वसाधरणको लागि खुल्ला हुन्छ :प्रचण्ड

पुर्व प्रधामन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोखराको रत्नमन्दिर र हिमा गृह सर्वसाधरणको लागि छिट्टै खुल्ला हुने बताउनु भएको छ । आज पोखरामा पर्यटन ब्यबसायीहरु संगको भेटमा अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो ।

ब्यवसायीहरुले गणतन्त्र पछि दरबार संग्रालय भइसकेको अबस्थामा पनि पोखरामा रहेको रत्नमन्दिर र हिमागृह खुल्न नसकेको गुनासो गरे पछि प्रचण्डले आजै प्रधानमन्त्री संग भेटेर यसबारेमा छलफल गर्ने र सर्वसाधारणको लागि खुल्ला गर्न आफुले पहल गर्ने बताउनु भयो । हिमा गृह रत्नमन्दिर खुल्ला गर्दा पनि पर्यटकको बसाई लम्वाउन केही सहयोग पुग्ने प्रचण्डले बताउनु भयो ।प्रचण्डले ब्यबसायीहरुले फेवाताल संरक्षणमा ध्यान दिन आग्रह गरेपछि उहाँले फेवाताल संरक्षणको लागि प्राधिकरण बनाएर जानु पर्नेमा जोड दिनु भयो ।

Facebook Comments