बिद्यार्थी पक्राउकाे विराेधमा नेकपा निकट बिद्यार्थी संगठनकाे शैक्षिक हड्ताल

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको अखिल क्रान्तिकारीले कास्कीसहित केही जिल्लामा शुक्रबार शैक्षिक हड्ताल आयोजना गरेको छ ।

क्रान्तिकारी कास्की उपाध्यक्ष आस्था नेपालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा शैक्षिक हड्ताल गर्ने उल्लेख छ ।

विज्ञप्तिमा कास्की अध्यक्ष काजी गुरुङसहित क्रान्तिकारी र नेकपाका कार्यकर्तालाई गिरफ्तार, धरपकड र झुठा मुद्दा लगाएको उल्लेख गर्दै सबैलाई तत्काल विना शर्त रिहाइ गर्न माग गरिएकाे छ ।

Facebook Comments