दाङमा विप्लवका भेरीब्यूरो इञ्चार्ज वलीलाई अभिनन्दन

प्रहरीको हिरासतबाट रिहा भएका नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका केन्द्रीय सदस्य बलबहादुर वली ‘शितल’लाई दाङमा सम्मान तथा अभिनन्दन गरिएको छ ।

सो पार्टीको ९ नं. एरिया दाङले आज आयोजना गरेको राजनैतिक तथा वैचारिक कार्यक्रमका अवसरमा वलीलाई अभिनन्दन गरिएको हो ।

सो पार्टीको भेरीब्युरो इन्चार्ज वलीलाई गत जेठ ७ गते सुर्खेतमा प्रहरीले गिरफ्तार गरेर हिरासतमा राखेको थियो ।

२७ दिनपछि रिहा भएका वलीलाई नेपाल सो पार्टी दाङका इन्चार्ज सविनले टिका, फूलमालासहित अभिनन्दन गर्नुभएको हो ।

वहाँसँगै गिरफ्तार भएका पार्टीका सुर्खेत जिल्ला सेक्रेटरी यमराज पनि रिहा हुनुभएको छ ।

अभिनन्दनपछि मन्तव्य राख्दै वलीले फासीवादी कदमले वर्तमान केपी ओली सरकार असफल सावित भएको जिकीर गर्नुभयो ।

मुलुकमा भ्रष्टाचार बढेको, राष्ट्रिय स्रोत तथा सम्पत्तिको रक्षा गर्न नसकेको, पार्टीभित्रको अन्तरविरोध लगायतले वर्तमान सरकार असफल हुँदै गएको वलीको भनाई थियो ।

सरकारले प्रतिवन्ध लगाएपनि अदालतको फैसलाले उक्त प्रतिवन्ध कानुनी रुपमा नरहेको पुष्टी हुने उहाँको जिकीर छ ।

Facebook Comments