तनहुँमा सडक दुर्घटनामा ५८ जनाको मृत्यु

तनहुँमा गत श्रावण महिनादेखि जेठ मसान्तसम्म ५८ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।

त्यस्तै सडक दुर्घनामा परि ११२ जना गम्भिर र ७० जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

सवारी चालकले ट्राफिक नियमको उल्लघंन गर्ने तथा सडक पूर्वाधारको अवस्थ प्रमुख कारण रहेको तनहुँका ट्राफिक प्रहरी प्रमुख पूर्ण बहादुर अधिकारीले जानकारी दिनुभयो ।

पृथ्वी राजमार्ग अन्तरगत जिल्लाको मुग्लिङदेखि कोत्रेसम्मको करिव ७२ किलोमिटर दुरिमा दैनिक जसो विभिन्न कारण सडक दुर्घटना हुने गरेका छन् ।

अधिकारीका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म भएका ९८ वटा सडक दुर्घटनामा परि ४० जना पुरुष, १३ जना महिला, ४ जना बालक र १ जना बालिका गरी ५८ जनाले ज्यान गुमाएका हुन् ।

पृथ्वीराजमार्ग अन्तरगत तनहुँको घाँसीकुवादेखि देउराली र दुलेगौडादेखि कोत्रे क्षेत्रमा बढि सडक दुर्घटना हुने गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जिल्लामा हुने सडक दुर्घटनामा पर्ने बढि मात्रमा दुइपङ्ग्रे सवारी साधन (मोटरसाइकल) छन् । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म भएका १५१ वटा दुर्घटनामध्ये ६१ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् भने, १४ वटा ट्रक टेकंर, २ वटा टिपर, ३६ वटा बस, ९ वटा माइक्रो, १८ वटा जिप र कार, ९ वटा ट्याक्टर लगायतका सवारी दुर्घटनामा परेको ट्राफिक प्रहरीको तथ्याङ्कमा देखाइएको छ ।

१ करोड ५२ लाख ९१ हजार रुपैयाँ राजश्व संकलन

ट्राफिक नियम उल्लंघन गरी सवारी साधान सञ्चालन गर्नेलाई कारवाही गर्ने क्रममा चालु आर्थिक वर्षको जेष्ठ मसान्तसम्म १ करोड ५२ लाख ९१ हजार रुपैयाँ राजश्व संकलन भएको पनि जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

नियमको पालना नगरी सबारी साधन चलाउनेमा सबै भन्दा बढि मोटरसाइकल चालक रहेका र मोटरसाइकल चालकहरुबाट मात्रै तनहुँ ट्राफिक प्रहरीले ४४ लाख ३६ हजार ५ सय रुपैया जरिवाना असुलेको छ ।

Facebook Comments