जन्मदिनको उपहार मयुर

पोखराका दीपकबहादुर थापाले जन्मदनिका अवसरमा उपहार स्वरुप प्राप्त भएको मयुर पोखरा जुलोजिकल पार्कलाई प्रदान गर्नुभएको छ ।
पोखरा १० बसद्धचोक घर भइ सोसल पव्लिक स्कुलका संस्थापक निर्देशक तथा पोखरा महानगरपालिका वडा नम्बर १० का वडा सदस्य थापाले आफ्नो जन्मदिनमा उपहार स्वरुप प्राप्त भएको मयुर हालै पोखरा जुलोजिकल पार्कलाई प्रदान गर्नुभएको हो ।
१० वर्ष अगाडी बुद्धचोकका सरोज कार्कीले थापाको जन्मदिनको अवसर पारी कालु नामको मयुर थापालाई प्रदान गर्नुभएको थियो ।
उक्त मयुरलाई थापाले १० वर्ष सम्म स्कुलमा राखेर पालेको भएतापनि हालै पोखरामा जुलोजिकल पार्क निर्माण भइ सञ्चालनमा आउन लागेपछि पोखरा जुलोजिकल पार्कका अध्यक्ष हिमालय बख्रेल संग समन्वय गरी मयुर पार्कलाई हस्तान्तरण गर्नुभएको हो ।
मयुर हस्तान्तरण गर्दै थापाले आफुले प्रदान गरेको मयुरको संरक्षण संगै पार्कमा थप आकर्षण वढ्ने वताउनुभयो ।
पोखरा जुलोजिकल पार्कका अध्यक्ष हिमालय बख्रेलले पोखरा जुलोजिकल पार्कको २०७२ सालको साउन १५ गते शिलान्यास भइ काम शुरु भइ हाल सम्म आइपुग्दा गण्डकी प्रदेशभित्र घाइते तथा अलपत्र अवस्थामा फेला पारेका जीवजन्तु तथा पन्छीहरुको संरक्षण गर्दै आइरहेको जानकारी दिनुभयो ।
उहाँले मयुर पार्कलाई दिएकोमा पोखरा १० का दीपकबहादुर थापालाई धन्यावाद दिनुभयो ।
थापा जस्तै जो कोही ब्याक्तिहरुले जंगली जीवजन्तु तथा पन्छीहरु घरमा पालेर राख्नुभन्दा जुलोजिकल पार्कमा ल्याइदिन समेत उहाँको आग्रह छ ।
पार्कमा हाल १९ प्रजातिका ५० भन्दा वढी वन्यजन्तु तथा पन्छीहरु रहेको र केहीलाई खुल्ला रुपमा छाडिएको र केहीलाई इनक्लोजर भित्र राखी संरक्षण गरिएको छ ।
मयुर हस्तान्तरण कार्यक्रममा युनाईटेड क्लवका द्धितिय उपाध्यक्ष तथा पोखरा जुलोजिकल पार्कका सल्लाहकार लोक बहादुर थापा, पार्कका महासचिव दामोदर भक्त थापा, कोषाध्यक्ष पुरुषोत्तम अधिकारी र ब्यवस्थापक बिनय अधिकारीको उपस्थिती रहेको थियो ।