शैक्षिक तथा खेलकुद सामाग्री वितरण

७० औँ एसओएस बालग्राम अन्तर्राष्ट्रिय स्थापना बर्ष तथा एसओएसका संस्थापक प्रो. डा. हरमन माइनरको १००औँ जन्म जयन्तीको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पोखरा २२ स्थित लिला आधारभूत विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।
एसओएस बालग्राम पोखरा र एसओएस बालग्राम गण्डकीको संयुक्त आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा विद्यालयमा अध्ययनरत ८४ जना विद्ययार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिनुका साथै विद्यालयका प्रध्यानाध्यापक वेदनाथ बराललाई खेलकुद सामाग्री हस्तान्तरण पनि गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा एसओएस बालग्राम गण्डकीका योजना निर्दैशक भगत कुमार श्रेष्ठले एसओएस सामाजिक सेवा केन्द्र अन्तर्गत बर्षेनी सयौँ बालबालिकाहरुलाई शैक्षिक सहयोग गरिँदै आएको जानकारी गराउँदै सामाजिक संघसंस्थाहरु मात्र नभएर सामाजका प्रत्येक नागरिकले जुनसुकै अवस्थाका बालबालिकाकालाई विद्यालयसम्म पु¥याउन र टिकाई राख्न मद्दत गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले एसओएस बालग्राम बालबालिकाको सन्दर्भमा सबैसरोकारवालाहरुसँग हातेमालो गर्दै सहकार्य गर्दै जाने प्रतिवद्धता पनि ब्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक वेदनाथ बराल तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीन बहादुर बि.कले आभार मन्तव्य राख्नुभएको थियो ।

सोही क्रममा कार्यक्रम संयोजक तथा एसओएस बालग्राम पोखराका योजना निर्दैशक लोब्साङ्ग ग्याल्सेनले आगामी जुन २३ तारिख आईतबारका दिन बालबालिका तथा सामाजिक क्षेत्रमा अनुकरणीय योगदान पु¥याउनुहुने महानुभावहरुलाई सम्मान गर्दै मूल एसओएस दिवस समारोह मनाईने जानकारी पनि दिनुभयो ।

लिला आधारभूत विद्यालयका शिक्षक तारानाथ पौडेलले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमलाई एस एसओएस बालग्राम गण्डकीका सिनियर काउन्सिलर सुमन बरालले संचालन गर्नुभएको थियो ।

Facebook Comments