अन्तर्रा्ष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइयो

आज जुन २१ तारिख, अर्थात अन्तर्रा्ष्ट्रिय योग दिवस । योग शिक्षा नेपालको हिमालय क्षेत्रबाट संसारभर फैलिएको मानिन्छ ।

नेपालका काठमाण्डौ, पोखरा, चितवन लगायतका विभिन्न स्थानमा योग दिवसका अवसरमा कार्यक्रम आयोजना गरिएको छ ।

चितवनमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले स्वस्थ शरीर र मानसिक सुख वा आत्मिक शान्तिका लागि योग अचुक माध्यम बनिरहेको बताउनुभएको छ ।

पाँचौँ अन्तर्रा्ष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग समिति चितवनले आयोजना गरेको योग शिविरको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उपराष्ट्रपति नन्दबहादुर पुनले योगले मानिसलाई स्वस्थ रहन मद्दत गर्नुका साथै शान्ति मिल्ने बताउनुभयो ।

आजको विश्वमा मानिसले ठूला–ठूला भौतिक सुखसयल प्राप्त गरेका भए पनि ती मानिसहरु आत्मिक शान्ति, मानसिक सुखको खोजीमा रहेको उहाँको भनाई छ ।

“विद्वानहरुले योगको शुरुआत शिव र पार्वतीको संवादबाट भएको र शिव पार्वतीको बास नेपालकै हिमालय क्षेत्रमा भएको तर्क गर्दै आएका छन् ।” उहाँले भप्नुभयो, “वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग, ध्यान र आयुर्वेदका माध्यमबाट प्राचीनकालमा मानिसले मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति गर्ने गरेको मानिन्छ ।”

Facebook Comments