मिडिया काउन्सिल विधेयक विरुद्ध संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाइ

मिडिया काउन्सिल विधेयकको विरोधमा तेस्रो चरणको आन्दोलन अन्तर्गत पत्रकार महासंघले गरेको हस्ताक्षर संकलन आज प्रमुख जिल्ला अधिकारी मार्फत देशैभरबाट प्रधानमन्त्रीलाई बुझाइएको छ ।

यसैविच पत्रकार महासंघ कास्कीले पनि पोखरामा ३ दिनको अवधिमासंकलन गरिएको हस्ताक्षर शुक्रबार कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा मार्फत प्रधानमन्त्री समक्ष पेश गरिएको छ ।

प्रधानमन्त्रीलाई हस्ताक्षर हस्तान्तरण गर्न आग्रह गर्दे पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली,गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल र पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले संयुक्तरुपमा हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण गर्नु अघि पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले मिडिया काउन्सिल विधेयक संसोधन नगरिए वा फिर्ता नभए पत्रकारिता छाडेर अर्को पेशा रोज्नुपर्ने अवस्था आउने बताउनुभयो ।

चौथो चरणको आन्दोलन गर्नुपरे गर की मरको अबस्थामा रहेको उहाँको भनाई थियो । हस्ताक्षर बुझेपछि प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले आफुले आजै गृहमन्त्रालयमा पठाउने र गृह मार्फत प्रधानमन्त्रीको जाने जानकारी दिनुभयो ।

महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारहरु आन्दोलनमा रहेको बताउदै सरकारले काउन्सिल विधेयक संसोधन गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष श्रेष्ठले पत्रकारहरुको आन्दोलन शान्तिपुर्ण हुने भन्दै चौथो चरणको आन्दोन घोषणा गर्नु अघिनै सरकारले पत्रकार माग सुनुवाई गर्ने विश्वास व्यक्त गर्नुभयो ।

आज देशै भरिका पत्रकार महासंघले प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रालय हुदै प्रधानमन्त्रीलाई हस्ताक्षरण हस्तान्तरण गरिएको बताइएको छ ।

Facebook Comments