आज देशैभरको मौषम बदली हुने, चितवन लगायतका जिल्लामा बर्षा

मौषम पूर्वानुमान विभागका अनुसार आज देशको देशको पुर्वी तथा मध्य भुभागमा मौषममा सामान्य बदली हुने छ । पश्चिमी भु(भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मध्य तथा पश्चिमका केहि स्थानहरुमा बिहानीपख मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ । पुर्वका धेरैजसो स्थानहरुमा मेघ गर्जन सहित मध्यम खालको वर्षाको सम्भावना रहेको छ ।

चितवन नवलपरासी लगायतका जिल्लामा सिमसिम पानी परिरहेको छ । महाशाखाले राति भने देशभर आंशिक देखि सामान्य बदली रही मध्य तथा पुर्वका धेरैजसो स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।

त्यस्तै आइतबार र सोमबार पनि मौषममा बदली हुने, मेघ गर्जनसहित बर्षातको संभावना रहेको छ । सोमबार तराईका भू(भागहरूमा र पश्चिमि नेपालमा बिहानीपख मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौषम बुलेटिनमा उल्लेख छ ।

Facebook Comments