पाेखराकाे मनिपाल अस्पतालमा गाडी ठक्करले बालककाे मृत्यु

पोखराको मणिपाल शिक्षण अस्पतालमा गाडीले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ । सोही अस्पतालमा कार्यरत डा. विश्वदीप तिमिल्सिनाले चलाएको गाडीले ठक्कर दिँदा पाेखरा महानगरपालिका २८ माझठाना घर भ​एका ४ वर्षीय बालक संस्कार कँडेलको ज्यान गएको हो ।

डाक्टर तिमिल्सिनाले चलाएको ग ३ च ४३६ नम्बरको गाडीले बालकलाई अस्पताल परिसरमा नै ठक्कर दिएको थियो ।

बालक आफ्ना बुबाआमासँग विहान ८ बजे पोखरा रानीपौवाबाट मनिपाल अस्पतालमा उपचाररत आफ्नी हजुरआमा भेट्न अस्पताल पुगेका थिए ।

बिरामीलाई भेटेर फर्कने क्रममा बालकलाई अस्पताल परिसरको छेउमा उभ्याएर बाबु पार्किङ्गमा राखेको मोटरसाइकल लिन जाँदा बालकलाई गाडीले किचेको थियो । बालकको शव मणिपाल अस्पतालमा राखिएको छ ।

लापर्वाहीपूर्वक गाडी चलाएर बालकलाई ठक्कर दिएको आरोप लगाउँदै बालकका आफन्तले डाक्टरलाई तत्काल कारबाही गर्न माग गरेका छन । 

अस्पतालमा तनावको अवस्था सिर्जना भएको छ भने बालकलाइ ठक्कर दिने गाडी र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ । गैरजिम्मेवार चालकलाई कडा कारबाही नभएसम्म मृतक बालकको शव नबुझ्ने बताएका छन्।

Facebook Comments