चालकलाइ नमस्ते वा धन्यवाद भनाैंः पूर्वमन्त्री पाण्डे

पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेयले नेपालमा पनि चालकलाई नमस्ते वा धन्यबाद भन्ने संस्कारकाे विकास गर्नुपर्ने बताउनुभएकाे छ ।

शनिबार पोखरामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ४०औं स्थापना दिवसको अबसरमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै पुर्वमन्त्री पाण्डेले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले आफु दक्षिण कोेरिया भ्रमण जादा त्यहा मन्त्रीले पनि आफु गाडीबाट झरेपछि नमस्कार भन्ने गरेको स्मरण गर्दे उहाँले नेपालमा पनि यात्रुले चालकप्रति राम्रो ब्यवहार गर्नुपर्ने बताउनुभयो ।

उहाँले अब अरुले नगरेपनि नेकपा नेता तथा कार्यकर्ताले भने चालकलाई धन्यबाद भन्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

चालकहरुको सम्मान भए सवारी दुर्घटनामापनि कमी आउने उहाँकाे भनाइ थियाे । सवारी साधनमा चढेर चालकसंग कसैले पनि झगडा गर्न नहुने पूर्वमन्त्री पाण्डेले बताउनुभयो ।

देशको अहिलेको परिर्वतन आउन यातायात मजदुरको पनि महत्वपुर्ण सहयोग रहेको भन्दै सवै मजदुर नेपाल यातायात स्वतन्त्र मजदुर संगठनमा आबद्ध हुनपनि आग्रह गर्नुभयो ।

अर्को फरक प्रसंगमा पाण्डेले नेपालको समाजबाद नेपालकै परिवेश अनुसार शुरु गर्नुपर्ने बताउनुभयो ।

उहाँले प्रत्येक परिवारको स्वास्थ्य विमा बढाएर २ लाख पुर्याउनु पर्ने, प्रत्येक बालबालिकालाई शिक्षा ,सरकारी विद्यालय सवैमा प्राविधिक शिक्षाको पढाई गर्नुपर्ने , जमिनको बर्गिकरण गर्नुपर्ने , अपाङता भएका र ज्येष्ठ नागरिकहरुलाई भत्ता दिने ब्यबस्था मिलाए नेपालको अहिलेको परिवेशमा समाजबाद यहि बाट शुरु हुने बताउनुभयो ।

कार्यक्रममा अग्रज मजदुर नेता एवं संविधान सभा सदस्य चुडामणि जंगली , सीताराम गुरुङ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कार्यलय सचिव मीना अधिकारीलाई पुर्वमन्त्री पाण्डेले सम्मान पत्र दोसल्लाह ओडाएर सम्मान गर्नुभएको थियो ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश अध्यक्ष विष्णु केसीले टिका लगाइदिनु भएको थियो । यस्तै आजै मजदुरका छोरा छोरीहरुलाई पनि शैक्षिक उन्नतिको कामना गर्दे सम्मान गरिएको थियो ।

गण्डकी प्रदेशका सांसद मीना गुरुङले मजदुरहरुलाई राज्यलेनै सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले मजदुरहरुको हरुको लार्पबाहीले दुर्घटना हुदा मजदुरलाई कार्वाही गर्नुपर्ने तर मजदुर निर्दोष हुदा पनि कार्वाही हुने गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल ट्रेड युनिय महासंघ गण्डकी (जिफन्ट)का अध्यक्ष रुद्र बहादुर खत्री ,नेपाल लोकतान्त्रिक ब्यवसायी मञ्चका योगेन्द्र बहादुर केसी लगायतले बोल्नुभएको थियाे ।

कार्यक्रममा स्वागत संगठनका सह सचिव तील बहादुर विश्वकर्माले गर्नुभएको थियो भने कार्यक्रम नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश अध्यक्ष विष्णु केसीको अध्यक्षतामा भएको थियो ।

Facebook Comments