वर्षाले भरतपुर विमानस्थलका उडान रद्द

दिनभरको वर्षाका कारण शनिबार भरतपुर विमानस्थलका सबै उडान रद्द भएका छन् । भरतपुर नागरिक उड्डयन कार्यालयका अनुसार ‘भिजीबिलिटी’ नपुगेका कारण उडान अवरुद्ध भएका हुन् ।

उडानका लागि पर्याप्त भिजीबिलिटी नपुगेका कारण उडान रद्द भएको भरतपुर नागरिक उड्डयन कार्यालयका उपप्रबन्धक केशव लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार उडानका लागि भिजीबिलिटी पाँच हजार मिटर हुनुपर्नेमा शनिबार एक हजारदेखि दुई हजारसम्म मात्र भिजीबिलिटी रहेको थियो । भरतपुर विमानस्थलबाट यति एअरका ४ र बुद्ध एअरका ५ उडान हुने गरेका छन् ।

Facebook Comments