पत्र कुटनीतिः उत्तर कोरियाली नेता किमलाइ ट्रम्पको पत्र

अमेरिकी राष्ट्रपति डोनाल्ड यसअघि जस्तै उत्तर कोरियाली नेता एक पत्र पठाउनुभएको छ । यसअघि पनि किम किम जोङ उनलाई ट्रम्पले पत्र लेख्नुभएको थियो ।

ट्रम्प दक्षिण कोरिया भ्रमणको तयारीमा रहनुभएको छ । भ्रमणको पूर्वसन्ध्यामा ट्रम्पले उत्तर कोरियाली नेतालाई पत्र पठाउनुभएको हो ।

चिनीयाँ राष्ट्रपति सि जिन पिङले यसै हप्ता उत्तर कोरियाको भ्रमण गर्नुभएको थियो । पिङको भ्रमण लगत्तै ट्रम्पको पत्रबारे समाचार सार्वजनिक भएको हो ।

उत्तरकोरियाको सरकारी सञ्चार माध्यमले पत्रको किमले प्रंशसा गरेको उल्लेख छ । किमले ट्रम्पको पत्रलाई उत्कृष्ट र असाधारण साहस भन्दै प्रशंसा गरेका छन् । पत्रमा ट्रम्पले उल्लेख गरेका विषयवस्तुबारे केही बताइएको छैन ।
उत्तर कोरियाको केसीएनए न्युज एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले किमले पत्र प्राप्त गरेपछि गम्भीर विषयलाई गम्भीरतापूर्वक मनन गर्ने बताएको उल्लेख गरेको छ ।

यो महिनाको सुरुमा ट्रम्पले उत्तर कोरियाली नेतामार्फत किमलाई सुन्दर पत्र प्रेषित गरेको बताउनुभएको थियो ।

ट्रम्पले अर्को साता दक्षिण कोरियाको भ्रमण गर्ने तय भएको छ । भ्रमणका क्रममा उनले दक्षिण कोरियाली समकक्षी मुन जाई इनलगायतसँग भेटघाट गर्ने अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Facebook Comments