कर्मचारी सम्बन्धि नियम नियमहरु डोजर लगाउन सम्भव छैनः मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीसँग सम्बन्धित नीति नियमहरु समयअनुकूल परिवर्तन गरिने तर सबै भताभुंग बनाउन असम्भव रहेको बताउनुभयो ।

उहाँले अहिले नै सबै कुरा भताभुंग बनाएर नयाँ निर्माण अहिले सम्भव नहुने तर्क गर्नुभयो ।

आइतबार संसदको राज्यव्यवस्था समितिको बैठकमा सांसदहरुले अहिलेको कर्मचारी संयन्त्रले नहुने भन्दै आमूल परिवर्तनका लागि डोजरै लगाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।

सांसदहरुको अभिव्यक्तिको जवाफ दिदैं मन्त्री पण्डितले भन्नुभयो, ‘अहिले जुन ऐन आएको छ । सबै कुरा भताभुंग बनाएर, पुरानो घरलाई डोजर लगाएर सम्म बनाएर नयाँ जग खन्ने गरी होइन । अहिले त्यो सम्भव छैन ।’

बैठकमा सांसदहरुले श्रेणीगत र तहगत रुपमा कर्मचारी समायोजन गरिएको विषयमा जिज्ञासा राखेका थिए । मन्त्री पण्डित लामो समयसम्म छलफल गरेर श्रेणी र तहगत प्रणालीमा गएको स्पष्टीकरण दिनुभयो ।

Facebook Comments