सर्लाही घटनाः पौडेललाई नियन्त्रणमा लिएर हत्या गरिएको सत्तारुढ सांसदकै आशंका

सांसद एवं पूर्वगृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले यही असार ५ गते सर्लाहीको लालबन्दीमा नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युननिष्ट पार्टीका सर्लाही इञ्चार्जको भिडन्तमा नभई नियन्त्रणमा लिएर हत्या गरिएको आशंका गर्नुभएको छ ।

प्रहरीले भिडन्तमा पौडेलेको मृत्यु भएको बताएपनि सत्तारुढ नेकपाकै नेता शर्माले प्रहरीले नियन्त्रणमा लिएर निर्मम ढंगले मारेको सूचना आफूले पाएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, ‘यो घटना हेर्दा मलाई त धनमायाको हत्या भएको सम्झना आयो, लली रोकाको हत्या भएको सम्झना आयो ।’

पौडेलको हातसमेत धेरै ठाउँमा भाँचिएको सूचना जनस्तरबाट आएको भन्दै सांसदहरुले गृहमन्त्रीको जवाफ समेत माग गरेका छन् ।

प्रहरीले घटनामा कुमारको समूहले गोली चलाएपछि आफूहरुले प्रतिरक्षाका लागि फायर गरेको दावी गरे पनि आफन्त र विप्लव नेतृत्वको नेकपाले भने नियन्त्रण लिएर कुमारको हत्या गरिएको विज्ञप्ति मार्फत् दावी गरेको छ ।

Facebook Comments