पोखरा महानगरमा खुल्ला व्यायामशाला निर्माण गरिदैं

पोखरा महानगरपालिकाले असार मसान्तसम्म महानगर क्षेत्रभित्र रहेका विभिन्न ६ वटा पार्कहरुमा खुल्ला व्यायामशाला निर्माण गर्ने भएको छ ।

कार्यक्रम अन्तर्गत महानगरपालिकाले लेखनाथको भण्डारढीकस्थित रंगशाला र ताल बाराही मावि स्कुल नजिकैको पार्कमा खुल्ला व्यायामशाला निर्माण गरिसकेको छ ।

उक्त व्यायामशालामा विभिन्न ९ प्रकृतिका विभिन्न व्यायामका सामान जडान गरिएको छ महानगरपालिकाले असार मसान्तसम्म विभिन्न ६ वटा ठाँउमा व्यायामशाला निर्माण गर्न सामान पोखरा ल्याईसकेको छ ।

व्यायामशाला निर्माणका लागि आवश्यक सामाग्री आइसकेको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिनुभयो ।

ल्याइएको सामान वडा नं १२ स्थित सत्य हरिशचन्द्र पार्कमा ५ थान जडान गरिने छ । धार्मिक गन्तव्यस्थल पोखरा १२ कै भद्रकाली मन्दिर परिसरमा पनि ४ थान, पोखरा–१४ मनोहर पार्कमा ९ थान व्यायाम गर्ने सामान जडान गरिने बताइएको छ ।

पोखरा–१५ कोलपाटन पार्कमा पनि व्यायामशाला स्थापना गरिने छ । त्यसपछि कास्कीको पर्यटकीय सराङकोटमा शहीद पार्कमा पनि एक सेट व्यायामशालाका समान जडान गर्ने लक्ष्य रहेको छ ।

महानगरपालिकाले स्वास्थ्य नागरीकको अभियानलाई मूर्तरुप दिने उद्देश्यसँगै पोखरा महानगरपालिकाका २१ वटा वडामा व्याडमिन्टन र भलिबल कोर्ट निर्माण कार्य अगाडि बढाएको छ । व्यायामशालाको लागि एक सेट सामान जडान गरिने छ ।

एक सेटमा विभिन्न प्रकृतिका ९ वटा सामान हुन्छन् । सामानको मूल्य साढे दुई लाख रुपैयाँसम्म पर्दछ । व्यायामशालाको संरक्षण र सम्बद्र्धनको जिम्मेवारी महानगरपालिको स्थानीय क्लब तथा टोल विकास संस्थालाई सुम्पिएको छ ।

Facebook Comments