प्रियकांलाई मिस एसइईको ताज

इभेन्टस् फर यु प्रालि र सारेगम इन्टरटेनमेन्ट हाउसको सहकार्यमा आयोजित छैटौ संस्करणको मिस एसईई पोखरा २०१९ को ताज प्रियंका सुवेदीले हात पार्नुभएको छ ।

सुवेदीले मिस स्र्पोटी एवार्ड र वेष्ट ड्रेस अवार्डका साथै सिल्भर क्राउन, स्कुटर, नगद १० हजार रुपैयाँ हात पार्नुभयो ।

साथै उहाँले न्यु ग्यालेक्सी माविमा प्लस टु अध्ययन गर्न छात्रवृत्ति, फेसन हबमा डिजाइनर कोर्ष र गोर्खाली पानीको ब्राण्ड एम्बेसर बन्ने अवसर समेत प्राप्त गर्नुभएको छ ।

यसैगरी प्रतियोगीतामा आयुष्मा गिरी फस्टरर्नसअप बन्दै सिल्भर क्राउन, नगद १० हजार रुपैयाँ सहिते न्यु ग्यालेक्सी माविमा प्लस टु अध्ययन गर्न छात्रवृत्ति र फेसन हबमा डिजाइनर कोर्ष प्राप्त गर्नुभयो ।

मिस फोटोजेनिक समेत बन्नुभएकी सेकेन्ड रर्नस अप सेन्जिया गुरुङले सिल्भर क्राउन, नगद १० हजार रुपैयाँ सहिते न्यु ग्यालेक्सी माविमा प्लस टु अध्ययन गर्न छात्रवृत्ति र फेसन हबमा डिजाइनर कोर्ष प्राप्त गर्नुभयो ।

यसैगरी बेष्ट क्याटवाल्क र वेस्ट स्माइल सलोनी प्रधान, मिस टयालेन्ट रोश्ना केसी, वेष्ट पर्सनालिटि ब्लिस ढकाल, भिवर च्वाईसको पुरस्कार लिहा छत्याल हुनुभएको छ ।

उनीहरुलाई कर्णप्रिय स्वरका धनी कर्णदास, कार्यक्रम संयोजक सुशिल नेपाली र इभेन्टस फर युका अध्यक्ष विशाल गुरुङले पुरस्कार प्रदान गरे । प्रतियोगीताको फाइनलमा १९ जना युवति पुगेका थिए ।

Facebook Comments