पाँच नम्बर प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. इश्वर गौतम नियुक्त

पाँच नम्बर प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. इश्वर गौतम नियुक्त भएका छन् । प्रदेश मन्त्रिपरिषदको साेमबार बसेको बैठकले बुटवलको लुम्बिनी बाणिज्य क्यपासका पूर्वप्रमुख गौतमलाई उपाध्यक्षमा नियुक्त गरेको हो । 

मन्त्रिपरिषद बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता तथा भौतिक योजना विकासमन्त्री बैजनाथ चौधरीले  जेठ १४ गते दिएका डा. प्रकाश श्रेष्ठको राजीनामा स्वीकृत गर्दे उपाध्यक्षमा बुटवल निवासी डा. ईश्वर गौतमलाई  नियुक्ती गरिएको जानकारी दिनुभयाे । 

बुटवल निवासी गौतम अर्थशास्त्रकाे बिज्ञको रुपमा परिचत रहनुभएकाे छ । यसअघिका उपाध्यक्ष डा. क्षेष्ठले राजीनामा दिएर राष्ट्र बैकको जागिरमा फर्कनुभएकाे छ । पदाेन्नति भएपछि श्रेष्ठ फर्कनुभएकाे हाे ।

Facebook Comments