त्रिविमा सुशासन र सदाचार विषय पढाउन गृहकार्य शुरू

त्रिभुवन विश्वविद्यालयले सुशासन र सदाचारसम्बन्धी विषयलाई स्नातकोत्तर तहको पाठ्यक्रममा समावेश गर्ने भएको छ। त्रिविले मानविकी तथा सामाजिक शास्त्र संकायको स्नातकोत्तर (एमए)मा ‘गुड गभरनेन्स र एन्टी करप्सन’ विषय पढाउन लागेको हो।

त्रिविले पाठ्यक्रम बनाउने विषयमा विज्ञ र सरोकारवालाहरूसँग छलफल शुरू गरेको छ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थराज खनियाँका अनुसार पाठ्यक्रम बारे छलफल गरिएकाे हाे ।

मानविकी तथा सामाजिक शास्त्र संकायका डिन शिव भूसालका अनुसार परिमार्जनसहित पाठ्यक्रम तयार गर्ने काम सकिएपछि पठन पाठन शुरू हुनेछ । भुषालका अनुसार तयारी पुरा भए यही वर्षदेखि स्नातकोत्तर तहमा उक्त विषयको पढाइ शुरू गरिनेछ।

सरोकारवालाहरूले रिसर्च गर्नसक्ने र काम नै गर्नसक्ने जनशक्ति उत्पादन हुने खालको पाठ्यक्रम बनाउन सुझाव दिएका छन्। पठनपाठन सेमेस्टर प्रणालीअनुसार हुनेछ।

Facebook Comments