विकासका लागि संघ, प्रदेश र स्थानीय तहको समन्वय हुनुपर्छः नेकपा अध्यक्ष प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको विकासका लागि संघ, प्रदेश र स्थानीय, तहको समन्वय हुनुपर्ने बताउनुभउको छ । ३ वटै सरकारले जनताले विकासको अनुभूति गर्ने गरी काम गर्न आवश्यक रहेको उहाँको भनाई छ ।

चितवनको माडी नगरपालिकाको तेस्रो नगरसभा उदघाटन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले तीनै तहको समन्वयले विकास र समृद्धि सम्भव हुने विश्वास व्यक्त गर्नुभयो । ‘ तीनै तहका सरकारबीचको समन्वयले मात्रै विकास र समृद्धि सम्भव हुन्छ,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो । अहिले तीनै तहको समन्वय गर्ने काम भइरहेको पनि छ ।

कानून निर्माणको क्रममा रहेका कारण तीन तहको समन्वयमा केही समस्या देखिए पनि विस्तारै समस्या समाधान हुने बताउनुभयो । गणतन्त्र ठूलो राजनीतिक परिवर्तन भएको भन्दै विकासमा पनि आमूल परिवर्तन जनताले महशुस गर्न पाउनुपर्ने प्रचण्डको भनाई छ ।

उहाँले माडीका जनताका लागि राष्टिय निकुञ्ज समस्याका रुपमा रहेको बताउनुभयो । ‘निकुञ्ज ऐन २०२९’ जनताको आवश्यकतालाई महसुु नभइ जनावरको आवश्यकतालाई महसुश गरेर ल्याइएको प्रचण्डको भनाई छ ।

उहाँले ‘निकुञ्ज ऐन २०२९’ लाई संशोधन गरेर निकुञ्ज पनि रहने जनताको माग पनि पूरा हुने ब्यवस्था गरिने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले बाँदरमुढे घटनाका पीडितसँग गरिएको सहमति अनुसार काम अघि बढाउन लागिएको जानकारी पनि दिनुभयो । सोही सहमति अनुसार अहिले सङ्घीय सरकारले घटनाका पीडितहरुको सम्झनामा १० करोड रुपैयाको उद्यान निर्माणको तयारी थालेको उहाँले जानकारी दिनुभयो ।

मेयर ठाकुर ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य रामलाल महतो, नगरपालिकाका प्रवक्ता शिवहरी सुवेदी लगायतले बोल्नुभएको थियो ।

माडी नगरपालिकाको बजेट ९२ करोड ७० लाख
माडी नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि ९२ करोड ७० लाख ४८ हजार रुपैयाको बजेट पेश गरेको छ ।
जसमा चालुतर्फ १९ करोड ५० लाख र पूँजीगततर्फ ७३ करोड २० लाख ४८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

Facebook Comments