पैयुँ गाउँपालिका वडा नं ७ भोर्ले बालमैत्री वडा घोषणा

पर्वत जिल्लाको पैयुँ गाउँपालिका वडा नं ७ भोर्लेलाई वालमैत्री वडा घोषणा गरिएको छ । नेपाल सरकारले सन २०२२ सम्म नेपाललाईनै बालमैत्री देश बनाइने लक्ष्य अनुरुप अहिले देशका विभिन्न गाउँपालिका नगरपालिकाहरुमा बालमैत्री वडा घोषणा हुने क्रमजारी छ ।

३९६ घर धुरी रहेको पैयुँ गाउँपालिका वडा नं ७ भोर्लेलाई कार्यक्रमका प्रमुख अतिथि एवं गण्डकी प्रदेशका उद्योग पर्यटन बन तथा वाताबरण मन्त्री विकास लम्सालले बालमैत्री वडा घोषणा गर्नुभयो ।

यस अगाडि पर्वतको साविक चित्रे गाविस हालको मोदी गाउँपालिका वडानं ८ बालमैत्री वडा घोषणा भइसकेको छ । घोषणाले अन्य वडामा पनि सकारात्क सन्देश गएको मन्त्री लम्सालले बताउनुभयो । अर्को फरक प्रसंगमा उहाँले १८ महिना पछि सो क्षेत्रमा मोटरबाटो पीच हुने बताउनुभयो ।

पहिलो बर्ष नीति निर्देशिका निर्माण गर्दा समय लागेको र अब विकास निर्माणका काम हुने मन्त्री लमसालको भनाई छ । स्थानीयले पुल नहुदा आवतजावतामा समस्या भएको गुनासो गरेपछि मन्त्री लम्सालले सरकारले बायुपंखी रुपमा काम शुरु गरेको बताउनुभयो ।

प्रदेश सांसद समेत रहनुभएकी गण्डकी प्रदेश सभा सदस्य ललितकला गुरुङले गाउँमा वाँदर आतंक सवै भन्दा ठूलो चुनौति भएको बताएपछि मन्त्री लम्सालले बादर नियन्त्रणको लागि धार्मिक ठाउँमा बादरलाई केजमा राख्ने प्रदेश सरकारको योजना रहेको बताउनुभयो ।

उहाँले सामुदायिक बनमा फलफुल खेती गरेर बादरलाई जंगलमै भुलाउन सकिन्छ की भन्ने सोचका साथ आफुहरु बनमा फलफुल लगाउनु पर्छ भन्ने पक्षमा रहेको पनि बताउनुभयो ।

पूर्व जिल्ला उपसभापति राम शर्माले अव भाषणले मात्र शासन गर्ने दिन गएको वताउँदै सरकारलाई नागरिकप्रति उत्तरदायी वन्न आग्रह गर्नुभयो ।

पैयुँ गाउँपालिका वडा नं ७का वडाध्यक्ष भीमवहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका चोकलाल न्यौपाने, कांग्रेसका जिल्ला सदस्य तोयनाथ शर्मा, पैयुं गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, केन्द्रीय वालकल्याण समितिका कार्यकारी निर्देशक कृष्णप्रसाद भूषाल, पर्वत जिल्ला समन्वय समितिका संयोजक मनोहर वि. पौडेल, स्थानीय ललिता शर्मा,रामवहादुर गुरुङ, सृजना हमाल लगायतले कार्यक्रममा बोल्नु भएको थियो ।

पर्वतको दक्षिणी क्षेत्रमा पर्ने सो ठाउँ अझैपनि विकास निर्माणको हिसाबले पछाडि परेको नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य जीतवहादुर गुरुङले बताउनु भयो ।

Facebook Comments