बेपत्ता देवीकलाकाे खोजीमा सहयोग गरिदिन परिवारको आग्रह

पोखराको नयाँ बजार निबासी देवीकला तामाङ बेपत्ता हुनुभएको छ । ताप्लेजुङ घर भई विगत केही समय देखि पोखरामा परिवारसहित बस्ने देवीकला असार ३ गतेदेखि बेपत्ता भएको श्रीमान सुरेन्द्र कुमार तामाङले जानकारी दिनुभयो ।

४४ बर्षीय तामाङको मानसिक सन्तुलन ठिक नरहेको पनि पारिवारिक स्रोतले जनाएको छ । गहुँ गोरो बर्ण पातलो शरिर भएकी तामाङलाई देख्ने जो कसैले पनि परिवार वा जिल्ला प्रहरी कार्यालय सम्पर्क गरि जानकारी गराई दिन परिवारले अनुरोध गरेको छ ।

Facebook Comments