इरानमाथि अमेरिकाको थप प्रतिबन्ध, अमेरिकाले युद्ध चाहेको इरानको टिप्पणी

अमेरिकाले इरानमा थप प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप प्रतिबन्धको घोषणा गर्नुभएको हो ।

यसपटक अमेरिकाले लगाएको प्रतिबन्धको मुख्य निशानामा इरानका प्रमुख नेता आयातुल्लाह अलि खमेनीलाई पारिएको छ ।

ट्रम्पले प्रतिबन्ध अमेरिकी ड्रोनमा आक्रमण तथा खाडीमा रहेका साउदीका तेल ट्यांकरमा आक्रमणका कारण लगाइएको हो ।

अमेरिकाले इरानले गर्ने सबै काममा इरानका सर्वोच्च नेता खमेनीको भूमिका रहने ठहर गर्दै प्रतिबन्ध लगाएको उल्लेख गरेको छ । इरानमा सर्वोच्च नेता मातहत सबैभन्दा खतरनाक चिजहरु हुने त्यसमा जसमा इस्लामिक रिभोलुस्नरी गार्डस् का सेना पनि पर्ने अमेरिकाको ठहर छ ।

यी प्रतिबन्धपछि इरानका सर्वोच्च नेता र उनीसँग सम्बन्धित व्यक्तिहरु सबै प्रकारको वित्तीय सहयोगबाट बन्चित हुनेछन् ।

यसैबीच इरानले अमेरिकाले लगाएको प्रतिबन्धलाई युद्धलाई निम्तो दिने अर्को एक कदम भनेर टिप्पणी गरेको विविसीले जनाएको छ । इरानका विदेशमन्त्री जावेद जरीफले ट्वीट मार्फत् प्रतिबन्धलाई अमेरिकाको घृणित कूटनीतिको संज्ञा दिदैं अमेरिकाले युद्ध चाहेको बताउनुभएको छ ।

Facebook Comments