भरतपुर महानगरद्वारा क्रिकेट रंगशालाको लागि ६ करोड ४५ लाख बजेट विनियोजन

भरतपुर महानगरपालिककाले निर्माण हुन लागिरहेको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको लागि ६ करोड ४५ लाख बजेट बिनियोजन गरेको छ ।

मंगलबार सार्वजनिक गरिएको आगामि आर्थिक बर्ष ०७६७७को बजेटमा रंगशालाका लागि उक्त रकम विनियोजन गरिएको हो ।

महानगरपालिकाका २९ वटा वडाबाट ५,५ लाख गरी १ करोड ४५ लाख र महानगरले ५ करोड गरि जम्मा ६ करोड ४५ लाख बजेट बिनियोजन गरेको हो ।

धुर्मुश सुन्तली फाउण्डेशनले भरतपुर महानगरपालिकाको रामपुरमा बहुउद्देश्यीय क्रिकेट रंगशाला निर्माण गर्दैछ । रंगशालाको विस्तृत परियोजना प्रतिवेदन तयार हुने क्रममा रहेको छ । रंगशाला निर्माणका लागि ३ अर्व बजेट लाग्ने अनुमान छ ।

Facebook Comments