माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको अन्तिम तयारी हुँदै

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको अन्तिम तयारी गरिरहेको छ । केही सञ्चारमाध्यममा बुधबार नतिजा प्रकाशन हुने समाचार आएपनि बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) को बुधबार नतिजा नआउने जानकारी दिनुभयो ।

गत वर्ष नतिजा प्रकाशन भएपछि त्रुटी भेटिएकाले आलोचित बनेको बोर्ड यसपटक बढी सजग भएको छ । अन्तिम रुजु र क्रस चेकिङको काम सकिएपछि नतिजा प्रकाशन गर्ने बोर्ड अध्यक्ष पौडेलको भनाई छ ।

विहीबार नतिजा प्रकाशन हुने संभावना रहेको बोर्ड श्रोतले जनाएको छ । नतिजा सार्वजनिक गर्नु अघि बोर्डको बैठक बस्ने प्रचलन रहेको छ । गत चैत १० गतेदेखि भएको एसईई परीक्षामा ४ लाख ७५ हजार विद्यार्थी सहभागी थिए ।

Facebook Comments