आप्रवासीको दर्दनाक तस्वीर

अमेरिका प्रवेश गर्न खोज्ने एल साल्भाडोरका बाबुछोरी नदीमा डुबेर मृत अवस्थामा भेटिएको तस्वीरले विश्वको ध्यान आकृष्ट गरेको छ । आप्रवासी क्षेत्रमा यस फोटोले तरङ्ग सिर्जना गरेको छ ।

पत्रकार जुलियाले खिचेको सो तस्विर मेक्सिको–अमेरिका सीमास्थित रियो ग्रान्डे नदीमा डुबेको अवस्थाको हो । नदी तर्न खोज्दा बगेर उनीहरुको मृत्यु भएको अनुमान छ ।

तस्बिरमा २३ महिनाकी भलरिया आफ्ना पिता २५ बर्षे मार्टिनेजसँगै बुईमा छिन् । भलरिया बुवाको टिर्सटभित्र टाउको छिराएको र एउटा हातले बुबाकै घाँटीमा समातेको अवस्थामा देखिन्छिन ।

न्युयोर्क टाइम्समा मृत्यु हुने पिता एल साल्भाडोरमा २५ वर्षे मार्टिनेज र उनकी २३ महिनाकी छोरी भलरिया रहेको उल्लेख छ । मार्टिनेज साल्भाडोरबाट आमा तानिया भनिसासहित गत हप्ता मेक्सिकोको सीमा नजिकको सहर आइपुगेको समाचारमा बताइएको छ ।

अमेरिका मेक्सिको सिमामा कडाई भएपछि आप्रवासीले जोखिमपूर्ण उपाय अपनाउँदै आएका छन् । विश्वका विभिन्न मुलुकबाट हजारौंको संख्यामा आप्रवासी अमेरिका पार हुन महिनौं कष्टकर यात्रा गर्ने गर्दछन् । अमेरिकामा राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै आप्रवासी नीतिमा कडाइँ गरिएको छ ।

Facebook Comments