पडिण्त बाको निधन प्रति स्वरेक समाजद्धारा दुःख ब्यक्त

स्याङजा जिल्लाको साविक स्वरेक ६ घर भई हाल भीरकोट ५ स्वरेक तिलाहार नेटा निबासी एकनारायण अर्याल ( बेदुवा पडिण्त बा )को निधन प्रति नमुना स्वरेक सहयोगी समाज स्याङजाले दुःख ब्यक्त गरेको छ ।

समाजसेवी एवं सहयोगी भावनाका पण्डित बाको निधनले आफुहरु दुखी भएको भन्दै समाजका अध्यक्ष घनश्याम पाण्डेयले स्वर्गीय पडिण्त बा प्रति श्रदाञ्जली अर्पण गर्दे उहाँको परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । पडिण्त अर्यालको सोमबार विहान आफ्नै निबासमा ८४ बर्षको उमेरमा निधन भएको थियो ।

सानै उमेर देखि पुजापाठ गराउदै आउनु भएका त्यस क्षेत्रका सवैका प्रिय पण्डित बा छिमेकीको घरमा श्रार्द्ध गराएर घर फर्कने क्रममा ढल्नु भएको थियो । उपचारको लागि पोखरा ल्याएपनि उपचार सम्भव नभएपछि घर फर्काइएका पण्डित बा को असार ९ गते निधन भएको हो ।

पडिण्तका श्रीमती,एक छोरा र दुई छोरी हुनुहुन्छ । पडिण्तका छोरा नुवादत्त अर्याल भिरकोट उद्योग बाणिज्य संघ बयरघारी स्याङजाका महासचिव हुनुहुन्छ ।

Facebook Comments