अर्गानिक स्वाद पाइने होटल लिबट्री सञ्चालनमा

पोखरा–१७ ड्यामसाइडमा अर्गानिक स्वाद पाइने गरि बुधबारबाट होटल लिबट्री सञ्चालनमा आएको छ । फलेवास नगरपालिका १ कार्कीनेटा जन्मिएका विनोद पौडेलले १२ वटा एसी रुम, ९ वटा ननएसी सहित गरी २१ वटा रुम र १ वटा सेमिनार हल रहेको लिबट्री होटल सञ्चालनमा ल्याउनुभएको हो ।

पौडेलका अनुसार होटलमा खानाका परिकारहरुमा ग्रामीण भेगबाट ल्याइएका विषादी रहित हरिया सागसब्जी, लोकल खसी, कुखुरा, कोदो, धान, चामलका परिकारहरुको स्वादमा रमाउन सकिने छ । आफ्नो होटलको योजनाबाट बेरोजगार युवाहरुलाई समेत प्रत्यक्ष हौसला मिल्ने पौडेलको भनाई छ ।

“हामीले ग्र्रामीण क्षेत्रका हरिया सागसब्जीदेखि हरेक खाद्यान्नका सामाग्र्रीहरु उचित मूल्य दिई खरिद गरिने छ जसले नेपालको अर्गानिक स्वादलाई देश विदेशमा चिनाउने छ। भने युवाहरु उचित परिश्रमको मूल्यमा पाएमा विदेश जाने ईच्छा गर्ने छैनन्। अष्टे«लिया, युरोप, अमेरिकामा गएर पैसा त कमाइन्छ तर आत्मसम्मान पाइदैन। विदेशमा ५० हजार कमाउन भन्दा स्वदेशमा १० हजार कमाउन सक्नुनै ठूलो कुरा हो।” पौडलले भन्नुभयो ।
होटलमा अर्गानिक कृषि उत्पादनका परिकार उपलब्ध हुने पौडेलले जानकारी दिनुभयो ।

Facebook Comments