बजेटमा विभेद भएको भन्दै काँग्रेसद्वारा पोखरा महानगरपालिकामा तालाबन्दी

नेपाली काँग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिले पोखरा महानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

नेपाली कांग्रेसले जितेका वडामा बजेट विनियोजनमा विभेद गरिएको भन्दै महानगरपालिकाको कार्यालयमा तालाबन्दी र प्रदर्शन गरिएको हो ।

कांग्रेसबाट चुनाव जितेका वडाध्यक्षहरूले महानगरका मेयर मानबहादुर जिसीले नेकपाका नेताले जितेका ठाउँमा मात्रै बजेट केन्द्रित गरेको र आफ्ना माग सुनुवाई नगरेको आरोप लगाएका छन् ।

उनीहरुले बुधबार पाँचौ नगरसभामा महानगरको योजना समेटिएको रातो किताब च्यातेका थिए ।

बजेटमा विभेद गरिएकोले बिहीबार नगरपालिका कार्यालयमा धर्ना र ताला लगाउनुपरेको पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष एवं महानगरमा प्रतिपक्षी दलका नेता रामराज लामिछानेले जानकारी दिनुभयो ।

पोखरा महानगरको बजेट बहुमतले पारित भइसकेको छ । लामिछानेले भने आफूहरुले राखेका माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिनुभयो ।

पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले सबै वडामा समान तवरबाट बजेट दिइएको जिकीर गर्नुभयो । साथै उहाँले बजेटमा कुनै त्रुटी नरहेकाले सच्चाउने कुरा नआउने बताउनुभयो ।

Facebook Comments