५ भारतीयकाे नागरिकता रद्द

सरकारले पाँच जना भारतीय नागरिकले लिएको नेपाली नागरिकता रद्द गर्ने निर्णय गरेको छ। 

हालै बसेको मन्त्रिपरिषदको बैठकले सप्तरी, धनुषा र रौतहट जिल्ला प्रशासन कार्यालयबाट पाँच भारतीयले लिएको नेपाली नागरिकता रद्द गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयाे । 

सप्तरी जिल्ला प्रशासन कार्यालयबाट जीवनकुमार सिंह, धनुषाबाट धमेन्द्र ठाकुर र अजयकुमार ठाकुर र रौतहट जिल्ला प्रशासन कार्यालयबाट जमुना राउत भनिने यमुना सिंह र कृपाली राउत भनेर चिनिने कृपाली सिंहको नागरिकता रद्द गरिएको हो ।

मन्त्री बाँस्कोटाले उनीहरुलाई नागरिकता दिलाउने काममा संलग्न भएकाहरुलाई कारबाही पनि गर्ने सरकारले निर्णय गरेको छ।

नागरिकता रद्द मन्त्री परिषद्काे निर्णयबाट हुने गर्दछ । मन्त्री परिषद् बैठकका निर्णयहरू

Facebook Comments